सामना परिवारका ६ जना कलाकार गिरफ्तार

सामना परिवारका ६ जना कलाकार गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 24.4K
    Shares

सामना साँस्कृतिक परिवारका ६ जना कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ । नेकपा (माअाेवादी)काे अागामी महाधिवेशनकाे प्रचार प्रसार गर्दै हिडिरहेका कलाकारहरुलाई प्रहरीले बिहीबार काठमाडाैँकाे असन क्षेत्रबाट गिरफ्तार गरेकाे हाे ।

गीत संगीतकाे माध्यमबाट फागुन १ गते खुलामंच अाउन अाग्रह गर्दै हिडिरहेका कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेकाे नेकपा (माअाेवादी) काठमाडाैँ सेक्रेटरी माइला लामाले जानकारी दिए । लामाले गिरफ्तार कलाकारहरुलाई तुरुन्त रिहाई नगरे अान्दाेलनकाे घाेषणा गर्ने चेतावनी समेत दिएका छन् ।

samana kalakar 1

प्रतिक्रिया