अर्थमन्त्री शर्माद्वारा करीब १८ खर्बको बजेट प्रस्तुत (हेर्नुस बजेटको पूर्ण पाठ)

अर्थमन्त्री शर्माद्वारा करीब १८ खर्बको बजेट प्रस्तुत (हेर्नुस बजेटको पूर्ण पाठ)


  • जन संचार
  • आइतबार, १५ जेष्ठ २०७९
  • 6.1K
    Shares

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट

कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट दुइ खर्ब ४२ खर्ब २६ करोड र दुइ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल चारखर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

प्रतिक्रिया