बिशेष अदालतद्वारा पप्पु कन्स्ट्रक्सनका रौनियार बाबु-छोरालाई सातकरोड २४ लाख जरिवानाको फैसला

बिशेष अदालतद्वारा पप्पु कन्स्ट्रक्सनका रौनियार बाबु-छोरालाई सातकरोड २४ लाख जरिवानाको फैसला


  • जन संचार
  • सोमबार, २६ बैशाख २०७९
  • 3.5K
    Shares

विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ७ करोड २४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र सालिकराम कोइरालाको इजलासले तीन वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उनीहरू बाबुछोरालाई बिगो मागबमोजिम जरिवानामा तिराउने फैसला गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।

बबई नदीमाथि पुल बनाउँदा त्यसको डिजाइनदेखि निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले २०७५ असोजमा मुद्दा हालेको थियो।

अदालतमा मुद्दा परेपछि हरिनारायण प्रतिनिधि सभा सांसदबाट निलम्बित भएका थिए। २०७४ को चुनावमा उनी पर्साबाट संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए।

विशेष अदालतले सोही मुद्दामा मनोजकुमार श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई ८ महिना कैद र २५ हजार जरिवाना तोकेको छ भने नवराज केसी र हरिबहादुर खड्कालाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

सोही मुद्दामा कर्मा तेन्जिङ तामाङलाई ४ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।

अख्तियारले मुद्दा हालेका दीपेन्द्रबहादुर बिष्ट, प्रेमप्रसाद चुवाई, गोविन्द गैरे र कृष्णदेव यादवले सफाइ पाएका छन्।

प्रतिक्रिया