विगतमा बद्नाम बेलायती राजकुमार हृयारीलाई नेपालमा वाहवाह

विगतमा बद्नाम बेलायती राजकुमार हृयारीलाई नेपालमा वाहवाह


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ चैत्र २०७२
  • 15.7K
    Shares

यतिबेला नेपालमा बेलायती राजकुमार हृयारीको वाह वाह भन्दै प्रशंशा गरिएको छ । उनका हरेक कृयाकलापको नेपाली सञ्चार माध्यमहरुल गुणगान गाएर आफ्ना कभर स्टोरीहरु बनाईरहेका छन् । राजकुमार हृयारी स्वयंले अबको आफ्नो भ्रमण नितान्त नीजि भएकाले आफ्नो पछि नलाग्न सञ्चारकर्मीहरुलाई अनुरोध गरेको भएपनि त्यसको प्रवाह नगरी नेपाली सञ्चार माध्यमले बढाईचढाई गरी समाचार सम्प्रेषण गरिरहेका छन्  ।तर उनको विगत कस्तो थियो भन्ने बारेमा कसैले सोंचेको छैन । अर्कातिर सामाजिक सञ्जालमा ह्यारीप्रति ब्यग्यं गर्ने र उनका बिगतका कर्तुत कोट्याउनेको पनि कमि छैन । के थिए त ह्यारीका कोट्याउनै पर्ने बिगत ?

-फोटोग्राफरमाथि निर्मम आक्रमण

Harry 1
सन् २००४ मा नाईट क्लबबाट निस्कदै गर्दा ह्यारीले फोटोग्राफरको राम धुलाई गरे । पछि घटनाको छानबिन हुँदा ह्यारीका प्रतिनिधीले क्यामेरा उनको अनुहारमाथि ठोक्किएको जवाफ दिए । तर धुलाई खाने पत्रकारले ह्यारीले बिनाकारण उनलाई निर्ममतापूर्बक कुटेको बताए ।

-लागुपदार्थ सेवनको आरोपमा सुधारकेन्द्रको बास

 Harry 2
सन् २००२ मा जब उनि १७ बर्षको थिए त्यतिबेला कम उमेरमा नशालु पदार्थ पिएकोमा समातिए । पछि थाहाँ भयो उनि लागु पदार्थको पनि सेवन गर्दा रहेछन् । पछि उनले यसका लागि माफि मागे र उनका पिता प्रिन्स चाल्र्सले उनलाई सुधार केन्द्रमा पठाए । उनले त्यहाँ केहि दिन बिरामी झैं बिताए र उनलाई सोहि अनुरुपको ब्यवहार गरियो ।

-लस भेगासमा नांगै देखिएका ह्यारी

Harry 3
सन् २०१२ मा लस भेगासमा हप्तौदेखि पार्टिमा मस्त ह्यारीको नागों फोटो सार्बजनिक भयो । फोटोमा उनि अर्को नांगो ब्यक्तिलाई अंगालो मारिरहेको देखिन्छन् । उनका कुनै साथिले यो तस्विर लिक गरिदिए ।

-ब्रा लगाएर बियर

Harry 4
यो उनको मस्त रहने बानिको अर्को उदाहरण हो । एक पार्टिमा उनि ब्रा मा लगाएर बियर पिउदै गरेको समाचार र तस्विर त्यहाँको एक पत्रिकामा मुख्य समाचार बन्यो ।

-जनावरमाथि अत्याचार गरेको आरोप

Harry 5
२०१० मा आयोजित पोलो खेलमा ह्यारी चढेको घोडा रक्ताम्य भएर साईड लिन खोज्दा ह्यारीले मानेनन्, लगातार दबाब दिईरहे र खेलिरहे । पछि जनावर अधिकारवादीहरुले ह्यारीलाई निर्दयी मानिस भनेर आरोप लगाए ।

-एक पुरुष सैनिकलाई गालामा म्वाई खादै आई लब यु 

Harry 6
२००९ मा ह्यारीले एक सैनिकको गालामा म्वाई खादै गरेको भिडियोमा देखियो । उनले सैनिकलाई आईलबयु पनि भनेको भान भिडियोमा हुन्छ । उनको यो ब्यवहारले ह्यारी शाही समलिगिं हुनकी भन्ने हल्ली खल्ली भयो ।

-हिटलरको पहिरनमा ह्यारी

Harry 7
सन् २००५ मा राजकुमार ह्यारीका साथिले आयोजना गरेको पाटिमा ह्यारी हिटलरले लगाउने पहिरनमा देखिए । उनको यो पहिरन सहितको तस्विर विश्वभर बिबादास्पद बनेपछि उनले सार्बजनिक रुपमा माफि मागे । माफि माग्दा उनले भने, मेरा कारणले कसैलाई चोट पर्न गएको खण्डमा माफि चाहन्छु । यो मेरो लुगा छनौटको बिषय मात्र थियो ।

-स्कूलमा चिट चोरेर पास भए

Harry 8
सन् २००५ मा ह्यारी कमजोर बिद्यार्थि भएको र त्यहाँका मास्टरले उनलाई चिट चोराएर ए लेभल पास गराएको आरोप लाग्यो । परिक्षा समय सकिए पनि त्यहाँ निरिक्षणकर्ताको रुपमा रहेका एक शिक्षकले उनलाई समय सकिदा पनि लेख्न मद्यत गरेको आरोप लाग्यो तर पछि ह्यारी र ति शिक्षक दुबैले यस कुरालाई अस्विकार गरे । शिक्षकले हयारी आफैले परिक्षा दिएको स्पष्टिकरण दिए ।

source: www.buzzfeed.com

प्रतिक्रिया