सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ कार्तिक २०७८
  • 5.1K
    Shares

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

सामलिङ्ग पावर कम्पनीको आईपीओ प्रति कित्ता १० का दरले ६७ हजार आठ सय ९० जनाले पाएका छन् । २१ लाख ९८ हजार सात सय ६४ जनाले आवेदन दिएकोमा ९ हजार नौ सय ८६ जनाको आवेदन रद्द भएको छ ।

योग्य २१ लाख ८८ हजार सात सय ७८ जनामध्ये ६७ हजार आठ सय ९० जनाले प्राप्त गरेका कम्पनीले जनाएको छ । कम्पनीले इलामको माईबेनी जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया