मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3.5K
    Shares

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ। ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वा’स्थ्य संगठन (डब्लुएओ) को सहयोगमा जनस्वा’स्थ्य तथा वातावरण प्रव’र्द्धन केन्द्रले यहाँ आयोजना गरेको कार्यशाला गोष्ठिमा विज्ञले एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा (लिड) हुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सो भन्दा बढी पाइएको जानकारी दिए।

घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रसस्त हुने भएकाले त्यसले स्वा’स्थ्य तथा वातावरणमा पार्ने सम’स्याको निराक’रण एवं न्यूनी’करण गर्न जनचेतनाका साथै क्ष’मता अभिवृ’द्धि गर्नुपर्नेमा जोड दिइएको छ। डब्लुएओको नेपालस्थित कार्यालयका जनस्वा’स्थ्य सल्लाहकार डा. खुर्सिद अलम हेदरले सरकारले सात वर्षअघि पेन्टमा तोकेको लेडको मापद’ण्डको व्यापक प्रचारप्रसार हुनुपर्ने बताए। उनले मुलुकमा नसर्ने रोग बढिरहेको सन्दर्भमा रङमा प्रयोग गरिने लिडलाई ध्यानमा राखी सोको ख्याल गर्न सम्बन्धित निकायलाई अनुरोध गरे।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लिडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। सरकारले २०७१ पुस ७ गते राजपत्रमा प्रकाशित गरी पेन्टस्मा लिडसम्बन्धी तोकेको बाध्यकारी मापद’ण्ड ९० पिपिएम सम्मलाई प्रयोग गर्न पनि उनले आग्रह गरे। उनका अनुसार लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत अ’सर गर्दछ । बालबालिकाको शरिरमा लिडको मात्रा धेरै भएमा स्मरण श’क्तिमा हस आउने साहले दाबी गरे।

सो अवसरमा व्यवसायजन्य स्वा’स्थ्य तथा सु’रक्षाविज्ञ खगेन्द्र बस्नेतले शरीरमा १० माइक्रोग्राम भन्दा बढी सिसाको मात्रा भेटिएमा उप’चारमा लाग्न सुझाव दिए। काठमाडौं मेडिकल कलेज सामुदायिक चिकि’त्सा विभागका प्रमुख डा. सुनिलकुमार जोशीले ब्या’ट्री तथा रङमा प्रयोग भएका लिडले मानिसको पेट हुँदै टाउको अनि हड्डीमा समेत अ’सर गर्ने बताए।

मुलुकमा आधुनिकता भित्रिएसँगै बनिरहेका नयाँ भवनमा प्रयोग गरिने रङले आउँदा दिनमा मानिसको शरीरमा अस’र नगरोस् भनेर उत्पादित कारखानालाई ध्यान दिन अनुरोध गर्नुपर्ने केन्द्रले गरेको अध्ययनमा तोकेको पीपीएमभन्दा कम लेड पाइएको कम्पनी फेसन पेन्टस् उद्योग हेटौंडाका प्रमुख व्यवस्थापक अरविन्द सिंहले बताए।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले केन्द्र सरकार मात्रै नभएर स्थानीयलगायत गैरसरकारी संस्था अनि समुदाय तथा टोल–टोलबाट पेन्टस्मा हुने लिडको नकारात्मक प्रभा’वबाट बच्ने उपायका बारेमा जानकारी दिनुपर्ने खाँचो औंल्याए।

सरोकारवालाले सातै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमूना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्टस्का नमूनामा अध्ययन गर्दा ६२ मध्ये ३२ वटाअर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमूनाअर्थात् ४८ प्रतिशत पेन्टस्मा बढी लिडको मात्रा भेटिएको जानकारी दिइएको थियो। पेन्टस्मा लिडको मात्रा ९० पीपीएमसम्म हुनुपर्नेमा हुँदा केहीमा २२ हजार ८५० अर्थात् माप’दण्ड भन्दा २५४ गुणा बढी रहेको थियो।

प्रतिक्रिया