साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो ।
नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।