मिटर विगार्ने विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ

मिटर विगार्ने विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ माघ २०७३
  • 14.6K
    Shares

नेपाल विद्युत प्राधिकरण

विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ गरेको छ । चार जना व्यवसायी पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ । उनले भने, ‘मिटर विगार्ने र विलिङ कम गर्ने गरेका रहेछन् ।’

मिटर विगारेर कम बिलिङ गरे वापत उनीहरुले उद्योगहरुबाट रकम लिने गरेका थिए । पक्राउ पर्नेमा बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठ पनि छन् । प्रहरीका अनुसार उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे । बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया