सांसद लक्ष्मण राजवंशी पार्टीबाट निष्कासित

सांसद लक्ष्मण राजवंशी पार्टीबाट निष्कासित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ माघ २०७३
  • 9.7K
    Shares

सांसद लक्ष्मण राजवंशी

नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण राजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो ।

पार्टी महासचिव विजयप्रकाश सैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको जनाइएको छ । राजवंशी समानुपतिक तर्फबाट सांसद छन् । राजवंशीले पार्टी नीतिविपरीत संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा पहिचानविरोधी आन्दोलनका गतिविधिमा सहयोग गरेका कारण कारबाही गरिएको बताइएको छ ।

‘लिखित रुपमै दिइएको निर्देशनलाई अवज्ञा गरी प्रतिक्रियावादी आन्दोलनमा सहभागी भइ पहिचानविरोधी आन्दोलनमा संलग्न भएकाले राजवंशीलाई पार्टी सदस्यबाट निष्कासन गरिएको छ ।’  विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया