इन्ट’रनेटबि’ना पै’सा तिर्न मिल्ने ‘नमस्ते पे’ वा’लेट सञ्चा’लनमा ल्या’इने

इन्ट’रनेटबि’ना पै’सा तिर्न मिल्ने ‘नमस्ते पे’ वा’लेट सञ्चा’लनमा ल्या’इने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ भाद्र २०७८
  • 5.1K
    Shares

नेपाल टेलिकम र रा’ष्ट्रिय वाणिज्य बैं’कको सं’यूक्त लगा’नीमा इन्ट’रनेटबिना नै पै’सा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट सञ्चा’लनमा ल्याइने भएको छ। कम्पनीले आवश्यक तयारी पुरा गर्दै मंगलबार बाट ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

रा’ष्ट्रिय वाणि’ज्य बैं’कका सिइओ किरणकुमार श्रेष्ठले “नमस्ते पे”को सञ्चालनका लागि छु’ट्टै कम्पनी ‘नेपाल डि’जिटल पेमेन्ट’ कम्पनी संचा’लनमा आएको र सो कम्प’नीले नै सेवा सञ्चालन गर्ने जानकारी दिए।

यस वा’लेटमार्फत इन्ट’रनेट सेवा नभएका दूरद’राज क्षेत्रबाट पनि भुक्ता’नी गर्न सकिने छ। तत्कालका लागि रा’ष्ट्रिय वा’णिज्य बैं’कमा खाता हुनेहरुले यो सेवा प्रयाेग गर्न सक्ने श्रेष्ठले बताए।

कम्पनीले प्रदान गर्ने को’डका आधारमा रकम भु’क्तानी गर्न सकिनेछ। हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी यूएसएसडी कोड थि’चेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ।

बि’जुली, खानेपानी, इन्ट’रनेट लगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ। मर्चेन्टका लागि कुनै एउटा भुक्ता’नी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको बताइएको छ ।

यसरी भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत रकम कटौती हुनेछ। सुरुमा राष्ट्रिय वाणिज्य बैंक र त्यसपछि अन्य बैंकमार्फत पनि सेवा थाल्न मिल्ने श्रेष्ठले बताए।

इन्टरनेटविना नै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट नै पहिलो रहेको कम्पनीको दावी छ।

प्रतिक्रिया