मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परी’क्षण गर्दा १ हजार १४६ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको ए’न्टिजेन विधिबाट परी’क्षण गर्दा १ सय ८५ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको हो ।
को’रोना भाइ’रस (को’भिड–१९)को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मणमुक्त हुनेहरुको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २१ संक्र’मितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।