कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृ’त्यु

कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ भाद्र २०७८
  • 3.8K
    Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृ’त्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृ’त्यु भएको हो ।

“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्‍याएँ”, मृ’तकका बुवा खड्क भट्टले भने, “केही पनि भएको थिएन, अस्पताल पुर्‍याउँदा चिकित्सकले मृ’त घोषणा गर्नुभयो ।”

बुधबार मात्रै सुरेशले सशस्त्र प्र’हरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमा’एको बताए । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भने, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।”

प्रतिक्रिया