भारतमा को’रोना भाइ’रसबाट दैनिक सङ्क्र’मितहरुको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्र’मित थपिएका छन् ।
भारतमा अहिलेसम्म कूल सङ्क्र’मितहरुको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रम’णमुक्त भएका छन् । योसँगै सङ्क्रम’णमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ८० हजार ६२६ पुगेको छ ।
भारतमा अहिले सङ्क्र’मित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या १५५ दिन पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल चार लाख ३४ हजार ७५६ जनाको को’रोना भाइ’रसका कारण मृ’त्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३८९ जनाको मृ’त्यु भएको हो ।
पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्र’मितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको छ । दैनिक सङ्क्र’मितहरुको सङ्ख्या कम भएपछि भारतका को’रोना भाइ’रसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले खुसि व्यक्त गरेका छन् । भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई को’रोना भाइरस’विरुद्धको खोप लगाइसकिएको छ ।