काबुल विमानस्थल नजिकै सात जनाको ज्यान गयो

काबुल विमानस्थल नजिकै सात जनाको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ भाद्र २०७८
  • 3K
    Shares

काबुल विमानस्थल नजिकै भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्यान गएको छ ।

आज तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् । यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्यान गएको बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

मन्त्रालयले काबुलका विमानस्थलको भिडमा ज्यान गुमाउने सात जनाका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ । अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई लागू गर्ने विषयलाई लिएर त्यहाँका नागरिक डराएर देश छोड्न लागिपरेका छन् । अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै दैनिक हजारौँको संख्यामा अफगानीहरुले विभिन्न देशमा शरण लिइरहेका छन् ।

प्रतिक्रिया