नखेल्ने घोषणा गरेका मोर्चाकै नेता होलीमा मस्त

नखेल्ने घोषणा गरेका मोर्चाकै नेता होलीमा मस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ चैत्र २०७२
  • 11.3K
    Shares

मधेसमा सरकारले रगतको होली खेलेको भन्दै यो वर्षको होली नखेल्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय केही घन्टा पनि टिकेन । मोर्चाका सदस्य घटक दलका नेताहरुले मंगलबार निकालेको विज्ञप्तीको मसी राम्ररी सुक्न नपाउँदै तिनै नेताहरु आफ्ना कार्यकर्ता र शुभचिन्तकसँग होलीमा रमे ।
आफूहरु पनि नखेल्ने र कार्यकर्तालाई पनि नखेल्न आह्वान गर्ने मोर्चाका नेताहरु उत्सवकै रुपमा होली मनाउन भ्याए ।  मोर्चाका नेताहरु महेन्द्र राय यादवदेखि शरदसिंह भण्डारीसमेत होलीको रंगमा र‍ंगिए । यी नेताहरु काठमाडौंमा भएका होलीका सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।
Sharadsingh_Bhandrai_Holi
शरदसिंह भण्डारीले आफ्नै पार्टीका सभासद्ले जनकपुरमा गरेको सार्वजनिक कार्यक्रममै गीतसमेत गाएर होली मनाए । उनले सभासद् दिनेश साहले गरेको होली मिलन कार्यक्रममा सहभागी भएर रमाइलो गर्न भ्याए ।
त्यसैगरी मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरम नेपालका नेताहरुले वीरगन्जमा म‍ं‍गलबारै भब्य होली कार्यक्रम गरेर शुभकामना साटन् भ्याए ।  मंगलबारमात्रै मोर्चाले विज्ञप्ती निकालेर सरकारले मधेसमा रगतको होली खेलेर ६० जनाको ज्यान लिएको भन्दै यस्तो बेलामा खुसी र उल्लासको पर्व नमनाउने घोषणा गरेको थियो ।
‘हाम्रो संघर्षको क्रममा पाँच दर्जन भन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइँदैन’, मोर्चाले निकालेको विज्ञप्तीमा भनिएको थियो । मोर्चाको यो निर्णय एकातिर र कार्यान्वयन अर्कातिर भएपछि त्यसमा समेत कडा प्रतिक्रिया आएको छ । कतिपयले मोर्चाको यो निर्णयले जनताले स‍ंस्कृति र उत्सव मनाउन पाउने अधिकारमा मोर्चाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
एमाले निकट युवा संघका केन्द्रिय सचिबालय सदस्य एवम मधेस ब्यूरो प्रमुख सन्जीव झाले राजनीतिक स्वार्थसिद्धीका लागि मोर्चाले होली नमान्ने भनेर जनताको उत्सव मनाउने Mahendra Raya yadav HoliMadhesi Morcha Statement About Holi2अधिकारमा हस्तक्षेप गरेको बताए । ‘होली सांस्कृतिक पर्व हो । यसमा राजनीति कोही कसैले गर्नु हुँदैन’,  उनले भने, ‘सांस्कृतिक पर्वमा राजनीति गर्ने अधिकार कसैलाई पनि छैन। रगतको होली र जनताको संस्कृतिमा हस्तक्षेप बन्द गर ।’
उनले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनका लागि मतदान गर्ने मोर्चाका नेताले अहिले होली नमनाउनु हाँस्यास्पद भएको प्रतिक्रिया दिए । ‘सबै नेपालीले आफ्नो धर्म संस्कृति निर्वाध रुपमा मान्न पाउनुपर्छ’, उनले भने, ‘मधेसी मोर्चाले होली नमनाउने निर्णय गर्नु भन्दा मधेसको बिकास र कु-स‍ंस्कृति हटाउने निर्णय गरेको भए आममधेसी जनता खुसी हुन्थे ।’

प्रतिक्रिया