हाइटीमा भूकम्प : तीन सय भन्दा बढिको मृत्यु

हाइटीमा भूकम्प : तीन सय भन्दा बढिको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०७८
  • 1.6K
    Shares

हाइटीमा गएको भूक’म्पमा परेर कम्तीमा तीन सय जनाको ज्या’न गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूक’म्पमा परेर १८ सयभन्दा बढी घा’इते भएका बीबीसीले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उ’द्धार चलिरहेको छ ।

ज्या’न गुमाउने र घाइ’तेहरुको संख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भू’कम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूक’म्पमा परेर हजारौँ भौतिक संरचना क्षति’ग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गरेका छन् । सन् २०१० मा हाइटीमा गएको शक्तिशाली भूक’म्पबाट हजारौँ मानिसको ज्या’न जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो

प्रतिक्रिया