उ’द्धार गर्ने अमेरिकी सै’निकको पहिलो टोली अफगानिस्तानमा

उ’द्धार गर्ने अमेरिकी सै’निकको पहिलो टोली अफगानिस्तानमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 4.9K
    Shares

तालिबान विद्रो’हीको आक्र’मण बढेपछि अमेरिकी सै’निकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ ।

कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनि’कको टोली आइपुगेको बीबीसीले जनाएको छ ।

अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सै’निक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको अवस्था खराब बन्दै गएको बताउनुभएको छ । हिं’साका कारण अहिलेसम्म दुई लाख ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । तालिबानले हिजो अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा क’ब्जा जमाएको छ ।

काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानले क’ब्जा गरिसकेका खबरमा उल्लेख छ । राष्ट्र सङ्घका अनुसार पछिल्लो एक महिनामा मात्रै अफगानिस्तानमा एक हजार भन्दा बढी गैर-सै’निक मा’रिएका छन् ।

अफगानिस्तानमा झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय ओसीएचएका अनुसार मानिसहरु सुर’क्षाको खोजीमा काबुल र अरु ठूला सहरमा आइपुगेका छन् ।

विस्थापित र उनीहरुको सुरक्षा निगरानीमा ध्यान केन्द्रित गरि तत्काल आवश्यक सहयोगबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसङ्घ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच छलफल भइरहेको ओसीएचएले जनाएको छ । अफगानिस्तानमा सरकारी सेना र तालिबान विद्रो’हीबीच ल’डाइँ हुँदै आएको छ ।

प्रतिक्रिया