नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) मा अहिले देशभरि तीव्र क्रान्तिकारी ध्रुवीकरण चलिरहेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर सर्बहाराबर्गको राज्यसत्ता प्राप्तिका लागि अन्तिम भिषण जनसंघर्षको घोषणा गर्न महाधिबेशनको अन्तिम चरणमा रहेको नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा (माओबादी) प्रति आम देशभक्त, बुद्धिजिबी एबम बाम कार्यकर्ताहरुको दिनप्रतिदिन आकर्षण बढिरहेको छ l यसैक्रममा विभिन्न राजनीतिक पार्टीहरुबाट माओबादीमा प्रवेश गर्ने लहर नै चलेको छ l
माओबादी पार्टी प्रवेशको लहरमा उभिएका छन्, प्रचण्ड नेतृत्वको नेकपा (माओबादी केन्द्र) केन्दीय सदस्य कृष्णबहादुर अधिकारी ‘उमेश’ l त्यस्तै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु नेकपा (माओवादी) को प्राध्यापक संघसँग ध्रवीकृत भएका छन् ।
ने.क.पा.(माओवादी) मा समाहित भएका नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णबहादुर अधिकारी ‘उमेश’ ले एक प्रेस विज्ञपति .प्रकाशित गरि आफु विप्लब नेतृत्वको नेकपा (माओबादी)मा समाहित भएको जानकारी दिएका छन l उनलेआफ्नो विज्ञपतिमा “माओवादी केन्द्र राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेको तथा जनविरोधी पार्टीमा परिणत भएको ” भन्दै सो पार्टीमा बस्नुको कुनै औचित्य र अर्थ नभएको स्पस्ट पारेका छन् l

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु नेकपा (माओवादी) को प्राध्यापक संघसँग ध्रवीकृत भएका छन् ।
विहीबार विप्लव माओवादी नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष मोहन खतिवडा र वैद्य माओवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द ज्ञवालीले संयुक्त विज्ञेप्ती जारी गरेर क्रान्तिकारी ध्रुवीकरण निरन्तर जारी रहेको बताएका छन् ।
संयुक्त विज्ञेप्तीमा भनिएको छ-‘क्रान्तिप्रति आस्थावान सबै प्राध्यापक, शिक्षक तथा प्राज्ञिक समुदायप्रति ध्रुवीकरणको यस प्रक्रियामा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।
