कुटपिट गरी हत्या गरेको अभियोगमा देउरानी पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा देउरानी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०७७
  • 3.8K
    Shares

janasanchar , कुटपिट

तुलसीपुर उपमहानगरपालिका ६ मोतिपुरमा कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी पक्राउ परेका छन ।

४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार