अबैध लागू औषध खैरो हेरोइनसहित पोखराबाट तीन जना पक्राउ

अबैध लागू औषध खैरो हेरोइनसहित पोखराबाट तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८३
  • 1K
    Shares

पोखरा , १२ कार्तिक २०८३ ।

अबैध लागू औषध खैरो हेरोइनसहित पोखराबाट तीन जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–७ मा खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–७ का ३१ वर्षीय प्रकाश पोखरेल, कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय पारस गुरुङ र झापाको मेची नगरपालिका–६ का ४५ वर्षीय विशाल आङदेम्बे (लिम्बु) रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरूको साथबाट १२ ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार