पोखरा लेकसाइड स्थित एक होटलको कोठामा एक पुरुष मृत फेला परेका छन् ।
सेदीफाँट स्थित होटल चारकोलको १०२ नं को कोठामा पोखरा-१७ छोरेपाटन निवासी ४३ वर्षीय ईश्वर गुरुङ शुक्रबार बिहान मृत फेला परेका हुन ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिएको जानकारी अनुसार बिहीबार राति होटलमा सुतेका गुरुङ शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालक गएर हेर्दा कोठामा मृत भेटिएका हुन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।