पर्वत – पर्वतमा वेवारिशे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर ऐंसेलुचौरस्थित ठूलीपोखरी आर्थर कच्ची सडकखण्डमा नाम, थर र वतन नखुलेको अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार थप अनुसन्धान भइरहेको बताएका छन।