लगनखेलका नायब सुब्बा सहित दुई जना घुस लिँदालिँदै पक्राउ

लगनखेलका नायब सुब्बा सहित दुई जना घुस लिँदालिँदै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०७७
  • 6.2K
    Shares

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका नायब सुब्बासहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भन्दै मिलाइदिन घुस लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उनका अनुसार टंगालबाट खटिएको अख्तियारको टोलीले श्रेष्ठद्वयलाई सेवाग्राहीबाट ४० हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका १२ लगनखेलस्थित बसपार्कबाट मंगलबार नियन्त्रणमा लिइएको हो।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार