file pic
लागूऔषधसहित कास्की प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अणुसार पक्राउ पर्नेमा बाँके जिल्ला कोहरपुर नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २७ वर्षीय विशाल राना मगर र बर्दिया ठकुरद्वार नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २९ वर्षीय मिन रानाभाट रहेका छन् । उनीहरुलाई पोखरा-१७ हिमचुली मार्गबाट सोमबार लागूऔषधसहित वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार मिन रानाभाटको कोठाबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनरागन १० एम्पुल, नूर्फिन १० एम्पुल, मोवाइल दुई थान र नगद १८ हजार रुपैयाँ बरामद गरेकोहो । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।