राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०७७
  • 20K
    Shares

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन्।

प्रहरीले अनुसन्धानका सिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको जनाएको छ। उनको शव शुक्रबार बिहान खेतमा भेटिएको हो।

बाँके प्रहरीका अनुसार मृतक मगर राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत थिए।

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार