पोखराबाट सिमेन्ट अनलोड गरी फर्केको गुडिरहेको ट्रकमा आगलागी

पोखराबाट सिमेन्ट अनलोड गरी फर्केको गुडिरहेको ट्रकमा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०७७
  • 4.5K
    Shares

file pic

तनहुँ – तनहुँको व्यास-१२ देउरालीमा गुडिरहेको ट्रकमा आगलागी भएको छा । पोखराबाट सिमेन्ट अनलोड गरी फर्केको ट्रकमा एक्कासी आगलागी भएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

बिहान करिब सवा ५ बजे लु २ ख ११९ नम्बरको ट्रकमा आगलागी भएको र ट्रकको अगाडिको भागमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी हुने बित्तिकै चालक र परिचालक झरेका कारण मानवीय क्षति हुन पाएन । स्थानिय, प्रहरी रदमकलको सहयोगमा आगो निभाइएको थियो । प्रहरीका अनुसार वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार