पोखराबाट लागुऔषध गाँजा सहित एक युवा पक्राउ

पोखराबाट लागुऔषध गाँजा सहित एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०७७
  • 10.4K
    Shares

पोखरा – पोखराबाट लागुऔषध गाँजा सहित एक युवा पक्राउ परेका छन् । पुस २९ गते पोखरा ११ फुलबारीबाट प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले गाँजासहित पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ घर भएर हाल पोखरा ११ फुलबारी बस्ने १९ वर्षीय समन लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले ५ सय ग्राम गाँजा बरामद गरेको छ ।

लिम्बुलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार