काठमाडौँ भद्रकालीमा बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते

काठमाडौँ भद्रकालीमा बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०७७
  • 4.5K
    Shares

काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिनुभयो । बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार