पोखरा २२ पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान गएदेखि हराएका एक युवा बुधबार मृत भेटिएका छन् ।
एक हप्ता अगाडि पिकनिक खान गएदेखि घर नफर्केका सन्तोष परियारको शव फेवातालमा फेला परेको हो ।प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो ।
पुष २२ गते सवा एक बजे पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो । अन्दाजी २४।२५ वर्षीय मृतक कोही कसैलाई नभनिकन पिकनिक खान गएको प्रहरीको भनाइ छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।