पोखराको लामाचौरमा एक युवक आफू सुतेको कोठामा मृत अवस्थामा फेला

पोखराको लामाचौरमा एक युवक आफू सुतेको कोठामा मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०७७
  • 4.7K
    Shares

पोखराको लामाचौरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार गोरखा जिल्लाको शहिद लखन नगरपालिका वडा नं ६का ३२ वर्षीय सुरेश कोइराला आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक कोइराला पोखरा महानगरपालिका वडा नं १९ स्थित खेत भन्ने स्थानमा संचालित फर्निचर उद्योगमा काम गर्दै अैअर्हएका थिए। । गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार बुधबार विहान सवा नौबजेसम्म पनि उनी बस्ने कोठा भित्रबाट चुक्कुल लगाइ सुतेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी टोलीले स्थानीय प्रतिनिधिको रोहवरमा ढोका फोरी हेर्दा खाटमा कोल्टे परि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । ब्लक उद्योग भित्र ब्लकले बनेको कोठामा मृत भेटिएको यो घटनाका बारेमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार