सालको रुख काट्ने क्रममा गोरखामा युवाको च्यापिएर मृत्यु

सालको रुख काट्ने क्रममा गोरखामा युवाको च्यापिएर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०७७
  • 5.1K
    Shares

गोरखामा सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु भएको छ ।

भीमसेन गाउँपालिका-३ तान्द्राङमा सालको रुख काट्ने क्रममा पाँचथर घरभई सोही स्थान बस्दै आएका १९ वर्षीय युवा उमेश राईको बुधबार बिहान च्यापिएर मृत्यु भएको हो ।

स्थानीय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा रुख ढल्दा राई माथि नै परेको थियो । राईको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार