पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा अर्का व्यक्तिको पनि मृत्यु

पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा अर्का व्यक्तिको पनि मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ पुष २०७७
  • 4K
    Shares

आइतबार दिउँसो पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा एक जनाको मृत्यु भएको छ ।

असोज १५ गतेदेखि पोखरा-१७ छोरेपाटन स्थित मानव सेवा आश्रममा बस्दै आएका स्याङजा जिल्ला वालिङ नगरपालिका -८ घर भई ४० वर्षीय चिरञ्जीवी तिवारी मृत फेला परेका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले आइतबार १२।३० बजे तिवारी आश्रममा नै मृत फेला परेको जानकारी दिए ।

उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र उक्त आश्रममा बस्दै आएका एक भारतीय नागरिकको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार