कोरोना संक्रमणका कारण पोखरामा स्याङ्जाका एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पोखरामा स्याङ्जाका एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ पुष २०७७
  • 8.6K
    Shares

कोरोना संक्रमणका कारण पोखरामा स्याङ्जा घर भएका एक महिलाको मृत्यु भएको छ । शनिवार राती स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ८२ वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उहाँको शनिवार राति पौने ८ बजे उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पुष १३ गते ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड न्युमोनियाको समस्या रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार शनिवार भएको वहाँको निधनसँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार