परालको आगोमा परी बालिकाको मृत्यु

परालको आगोमा परी बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ पुष २०७७
  • 4.9K
    Shares

बैतडी- परालको आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा साउद रहेकी छन्।

अभिभावक काममा गएका बेला उनी चार वर्षीय दाइ सँगै खेलिरहेकी थिइन्। सलाइसँगै खेलिरहेका दाइले घरनजिकै परालको थुप्रोमा आगो लगाए।

त्यही आगोमा परी बहिनी रेखाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार रेखाको आज साँझ ४ बजे घटनास्थलमै मृत्यु भएको छ।
परालमा लागेको आगो घरभित्र पनि सल्किँदा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार