नेकपा कार्यालय चितवनमा ताला : ओली पक्षले लगाउने,प्रचण्ड नेपाल पक्षले फोड्ने

नेकपा कार्यालय चितवनमा ताला : ओली पक्षले लगाउने,प्रचण्ड नेपाल पक्षले फोड्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ पुष २०७७
  • 4.8K
    Shares

चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् ।

भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् ।

साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।

जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार