पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ पुष २०७७
  • 7.9K
    Shares

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

डा। शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५:२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार