यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पोखराका सच्याइँ गुरु प्रकाशदिप गैह्रे छुटे

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पोखराका सच्याइँ गुरु प्रकाशदिप गैह्रे छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ पुष २०७७
  • 42.4K
    Shares

यौन दुर्व्यवहारको आरोपमा शनिबार बेलुका पक्राउ परेका सच्याइँ केन्द्रका गुरु प्रकाशदिप गैह्रे छुटेका छन् । यौन दुर्व्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेको थियो ।

पीडित महिलाले यौन दुर्व्यवहारको मुद्धा अघि बढाउने भनेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

महिलाको उमेर २० वर्ष बढी उमेर भएकाले यौन दुव्र्यवहारको मुद्दा प्रहरीले हेर्न नमिल्ने भएकाले उनलाई छाडिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘यसका लागि सिधै अदातलमा जानुपर्ने हुन्छ’, ‘हमालले भने, ‘अभद्र व्यवहारमा मुद्दा चलाउन मिल्थ्यो । हामीले अभद्र व्यवहारमा मुद्दा दिनु भनेका थियौं मान्नुभएन ।’

उनले सुरुमा नै अभद्र व्यवहार भएको उजुरीको कारण गैह्रेलाई पक्राउ गरिएको बताए ।

पोखरा फूलबारीकी एक महिलाले पोखरा-१६ का गैह्रेसँग लिनुपर्ने रकम माग्न जाँदा हातपात गरेर कपडासमेत च्यातिएको पीडितको आरोप छ ।

आफूमाथि हातपात भएपछि पीडित महिलाले प्रहरीमा उजुरी दिइन् । उजुरी लगत्तै प्रहरीले गैह्रेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार