स्याङ्जामा कोदालोले हानेर हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन ।
हरिनाश गाउँपालिका-५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय रेशम रानालाई पक्राउ गरेकोहो । उनले शनिबार दिउँसो सवा १२ बजे हत्या गरेका हुन्।
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूबीच सामान्य विवाद भएको थियो।
पछि रानाले थापालाई कोदालोले टाउकोमा हिर्काएका थिए। थापाको घटनास्थलमै मृत्यु भएको थियो। रानामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।