पोखरामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बिहीबार बिहान ४। १५ बजे उपचारकै क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका-३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा उहाँको बिहीबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए
संक्रमितमा निमोनिया र उक्त रक्तचापको समस्या समेत रहेको बताइएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८७ पुगेको छ ।