पोखरा रामकृष्ण टोलबाट लागुऔषधको ठूलो मात्रा सहित २ जना पक्राउ

पोखरा रामकृष्ण टोलबाट लागुऔषधको ठूलो मात्रा सहित २ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ पुष २०७७
  • 26.2K
    Shares

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका छन् । मंसिर ३० गते हिजो मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा ४ रामकृष्ण टोलबाट लागुऔषधको ठूलो मात्रा सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा ४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ तथा भक्तपुर स्थायी घर भइ हाल पोखरा ४ रामकृष्णटोलमा बस्दै आएका लक्ष्मीकृष्ण भासिमा रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले डाइजापाम १ सय १३ एम्पुल, फेनेरागन १ सय १३ एम्पुल, नुर्फिन १ सय १३ एम्पुल तथा २ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार