पोखरामा तेर्सापटीमा २,५०,००० बराबरको Canon EOS7D क्यामेरा चोरी गर्ने दुई जना पक्राउ

पोखरामा तेर्सापटीमा २,५०,००० बराबरको Canon EOS7D क्यामेरा चोरी गर्ने दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० मंसिर २०७७
  • 4.8K
    Shares

कास्की प्रहरीले अन्दाजी रु।२,५०,०००।– बराबरको क्यामेरा चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ३ तेर्सापट्टी स्थित प्रबिण बैधको घरमा राखेको Canon EOS7D MARKII (G) क्यामेरा अन्दाजी मूल्य रु २,५०,०००।– बराबरको चोरी गर्ने रोल्पा स्थायी घर भई हाल पोखरा म।न।पा।वडा नं।०५ जिरो कि।मी। बस्ने बर्ष १९ को दिपक मगर।२२ पुम्दीभुम्दी बस्ने बर्ष १९ को अनिस बराईलीलाई प्रकाउ गरिएको हो ।

चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा दुबैलाई चोरी भएको सामान सहित पक्राउ गरी निजलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भईहेको निमित्त प्रवक्ता सुचना अधिकारी प्र।नि। कृष्ण बस्यालले बताइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार