आश तमु पोखरा ,कानून व्यवसायीहरुको छाता संगठन बार एसोसिएशन उच्च अदालत पोखराको नवनिर्वाचित समितीले आज एक कार्यक्रमबीच पदस्थापन गरेको छ ।
मंसिर २७ गते शनिबार भएको निर्वाचनमा नयाँ नेतृत्वका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए) को कुनै उम्मेदवारी नपरेपछी निर्विरोध चयन भएका कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिलए)का अधिवक्ता पौडेल सहितको टोली २ बर्षे कार्यकालका लागी निर्विरोध चयन भएका थिए ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालतका मा न्यायाधिश प्रमोद कुमार श्रेष्ठ बैद्द्दले नवनिर्वाचित पदाधिकारी लगाएत कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
निर्वाचन समितीका संयोजक वरिष्ठ अधिबक्ता ध्रुव मोहन भट्टराईको अध्यक्षतामा भएको पदस्तापन कार्यक्रममा नव निर्वाचित अधयक्ष नारायण प्रसाद पौडेलले वार र बेन्च नङ र मासुकोको जस्तै समबन्ध रहेकोले वारको हकहितको लागी अघि बढने प्रतिवदता जाहेर गरे ।
(डिलए)का अधिवक्ता पौडेल को प्यानलबाट उपाध्यक्ष अधिवक्ता दिपकराज पाैडेल, सचिव अधिवक्ता सन्ताेष अधिकारी,सह-सचिव अधिवक्ता विनिता नेपाली,काेषाध्यक्ष अधिवक्ता दिपेन्द्र अर्याल, सदस्य अधिवक्ता दुर्गा प्रसाद काेईराला,अधिवक्ता कमलनाथ कुवर,अधिवक्ता विरेन्द्र प्रसाद कानु,अधिवक्ता भगवान अधिकारी,अधिवक्ता गिता लामिछाने,अधिवक्ता अनन्त प्रसाद काेईराला,अधिवक्ता भीम प्रसाद पाैडेल,अधिवक्ता रच्चु आलेले चयन भएका थिए ।