file pic
तनहुँ आबुँखैरेनि गाउँपालिका ५ छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चन्द्र बहादुर गुरुङको घरमा अचानक आगोलागि हुनासाथ प्रहरी टोलि खटिगई स्थानियको सहयोग आगो नियन्त्रणमा लिएको थियो ।
आगालागी बाट मानविय,चौपाया क्षती भने नभएको प्रहरीले जनाएको छ ।
आगलागीमा १ तोला सुन,नगद रु।४०,००० हजार र अन्नपात ,लत्ताकपडा,भाडा गरी जम्मा सात लाख पचास हजार बराबरको क्षती भएको जनाएको छ ।