मनाङमा बाटो खन्ने क्रममा माथीबाट ढिस्को खसी डोजर चालक घाइते

मनाङमा बाटो खन्ने क्रममा माथीबाट ढिस्को खसी डोजर चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०७७
  • 8.2K
    Shares

File pic

मनाङमा बाटो खन्ने क्रममा माथीबाट ढिस्को खसी डोजरलाई क्षति पुर्याएको छ भने  डोजर चालक घाइते भएका छन ।

ङिस्याङ गाउँपालिका ९ मनाङ देखि खाङशार जाने बाटो खन्ने क्रममा माथीबाट ढिस्को खस्दा डोजर चालक जिल्ला मुगु कामरौन गाउँपालिका ५ बस्ने वर्ष ६० को ढुल्पिन लामाको खुट्टा,छाती र निधारमा चोट लागेको छ ।

डोजर चालकलाई उपचारार्थ जिल्ला अस्पत्ताल चामेमा ल्याईएको र घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार