कास्की प्रहरीले पक्राउ गरे दुई बर्ष अघि लागूऔषध मुद्धाका फरार गुरुङ

कास्की प्रहरीले पक्राउ गरे दुई बर्ष अघि लागूऔषध मुद्धाका फरार गुरुङ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०७७
  • 3K
    Shares

लागूऔषध मुद्धाका फरार भएका एक युवालाई कास्की प्रहरीले पर्वतबाट पक्राउ गरेको छ ।

कास्की जिल्ला अदालतबाट वि।स। २०७५ असार २७ गते लागूऔषध मुद्दाको फैसलामा २ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरीवाना तोकी हालसम्म फरार रहेका बागलुङ ढोरपाटन घरभई पर्वत जिल्ला कुश्मा नगरपालिका-१ मा डेरागरी बस्ने २४ वर्षीय गोकुल गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गुरुङलाई पर्वतको कुश्मा नगरपालिका-१ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार