पोखरा ८ की ६६ वर्षीया कोरोना संक्रमित महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु

पोखरा ८ की ६६ वर्षीया कोरोना संक्रमित महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०७७
  • 3.9K
    Shares

पोखरामा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

डा। शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार