प्रम ओली र विदेशमन्त्री स्वराजबीचको वार्ता

प्रम ओली र विदेशमन्त्री स्वराजबीचको वार्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ चैत्र २०७२
  • 9.1K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज राति भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओली र विदेशमन्त्री स्वराजवीच पोखराको साङग्रिला होटलमा एक्लाएक्लै वार्ता भएको हो । उनीहरुबीच दुई देशबीचको आपसीहितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

यद्यपि दुर्इजनाबीच मात्रै भेटवार्ता भएकाले नेपाल र भारत दुबै तर्फका सरकारी अधिकारीहरूले प्रम अाेली र स्वराजबीच भएकाे कुराकानीबारे विस्तृत विवरण बाहिर ल्याएका छैनन् ।
भारतीय विदेशमन्त्री स्वराजले विदेश सचिव सुभ्रमन्यम जयशंकर र राजदूत रन्जित रेलार्इ पनि सहभागी नगराइ यो वार्ता भएको हो ।
वार्तामा प्रधानमन्त्रीले केपी अाेली पनि एक्लै बसेका बताइएको छ । प्रम अाेली भारत गएका बेला विदेशमन्त्री स्वराजले नेपालको संविधान संशोधन प्रक्रियाको स्वाग गरेकी थिइन् ।
नेपालमा जारी भएको संविधानको अहिलेसम्म भारतले स्वागत नगरेको अवस्थामा पोखरामा विदेशमन्त्री स्वराज र प्रमबीच भएको वार्तालार्इ अर्थपूर्णरूपमा हेरिएको छ ।
भोलि हुने सार्कको मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार गोरखपुरबाट हेलिकोप्टर चढेर पोखरा आइपुगेकी हुन् । रासस

– See more at: http://www.annapurnapost.com/News.aspx/story/45559#sthash.L6Q2cxTc.dpuf

प्रतिक्रिया