गोरखामा धान झाट्ने क्रममा झगडा ,आफ्नै वुवालाई लाठीले हान्दा मृत्यु

गोरखामा धान झाट्ने क्रममा झगडा ,आफ्नै वुवालाई लाठीले हान्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ मंसिर २०७७
  • 3.7K
    Shares

गोरखामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

गोरखा सिरानचोक गाउँपालिका-८ धन्सारका ७० वर्षीय तुलाराम ढकालको हत्या उनको आफ्नै छोरा ४० वर्षीय भुवन ढकाल गरेका हुन्।

बुधबार साँझ प्रहरीले ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले बताए।

सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए।

सो खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार