सोमबार पोखरामा थप चार जना कोरोना संक्रमितको निधन,को कहाँका ?

सोमबार पोखरामा थप चार जना कोरोना संक्रमितको निधन,को कहाँका ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०७७
  • 17.5K
    Shares

सोमबार कास्कीमा थप चार जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । स्वास्थ निर्देशानलय गण्डकी प्रादेशले दिएको जानकारी अनुसार निधन हुनेमा तीन पुरुष र एक महिला र्हकी छन ।

निधन हुनेमा पोखरा ३ का ६५ वर्षीय पुरुष रहेका छन उनको आइतबार दिउसो ४ : ३३ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।

मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १६ की ५७ वर्षीया महिलाको सोमबार बिहान ४ :०० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

यसै गरी मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषरहेका छन । आइतबार राति ९:४५ बजे उपचारकै क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताउनुभयो । उहाँलाई यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उहाँका बिहान २।१० बजे निधन भएको हो । यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार शुरु गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार