क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०७७
  • 3.7K
    Shares

पोखरा – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि भएको छ ।

शनिबार बिहान सामाजिक संजाल मार्फत लामिछानेले आफु कोरोना संक्रमित बनेको जानकारी दिएका छन् । बुधबारदेखि शरीरको केही भाग दुखिरहेको र कोरोना परीक्षण गर्दा नतीजा पोजेटिभ आएको उनले बताएका छन्  ।

उनले लेखेका छन् – “तपाइँहरुको प्राथनमा मलाई सम्झिनुहोला । म छिट्टै कोरोना जितेर मैदानमा फर्किनेछु ।” साथै उनले आफु होम आइसोलेसनमा बस्ने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया